Lok Sewa Aayog (Public Service Commission) Question Paper of GK and IQ

लोक सेवा आयोग

प्रहरी निरीक्षक (प्रशासन) पदको प्रतियोगितात्मक लिखित परीक्षा

२०७०/५/१९ गते

 

Nepal Police Inspector Exam

विषय:- सामान्य ज्ञान

समय:- ३० मिनेट ।                                                                                                पूर्णाङ्क:-

[उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ ।]

वस्तुगत बहुउत्तर (२५ X २ = ५० अंक ) :-

१.      सत्रौं सार्क शिखर सम्मेलन कहाँ भएको थियो?
A) भूटान                                                 C) भारत

B) बंगलादेश                                           D) माल्दिभ्स

२.      अष्ट्रेलिया महादेशको सर्वोच्च शिखर कुन हो ?
A) कोस्कियुस्को                                      C) मेकिन्ने

B) किलिमाञ्जारो                                     D) एल ब्रुज

३.      भारतमा व्रम्हपुत्रको नामले चिनिने नदीलाई चीनमा के भनिन्छ ?
A) जेजेम्बो                                              C) नारिन

B) साङ्पो                                               D) युकोन

४.      विश्वको सबैभन्दा ठूलो 'मरुभूमी' कुन हो ?

A) साहरा                                               C) अरवियन

B) गोवि                                                 D) अष्ट्रेलियन

५.      नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाउने खेलाडी को हुन् ?

A) जितबहादुर के. सी.                  B) जनरल सिंह प्रताप

C) वैकण्ठ मानन्धर                       D) माथिको कुनै पनि होइन

६.      नेपाल सरकारले कमैया प्रथाको अन्त्यको घोषणा कहिले गर्‍यो ?

A) बि.सं.२०५६ साउन २ गते         B) बि.सं.२०५७ साउन २ गते
C) वि.सं. २०५७ भदौ ३ गते          D) माथिका कुनै पनि होइन

७.      २०६९ सालको राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाउनेमा तलकामध्ये को होइनन् ?
A) झमक घिमिरे              B) वेदप्रसाद सापकोटा
C) चरीमाया तामाङ         D) राधा पौडेल

८.      मदन पुरस्कारको स्थापना कहिले भएको हो ?
A) वि.सं. २०१२            B) वि.सं. २०१७
C) वि.सं. २०१०             D) वि.सं. २०२५

९.      नेपाल शिक्षा परिषदले २०७० सालको आदिकवि भानुभक्त पुरस्कार कसलाई प्रदान गर्ने भएको छ ?
A) डा.माधवप्रसाद पोखरेल            B) माधवलाल कर्माचार्य
C) डा.गोविन्द भट्टराई                   D) डा.रामदयाल राकेश

१०.  आम निर्वाचन २०५६ बाट गठन भै विघटन भएको प्रतिनिधि सभाको पुनर्स्थापना कहिले भएको थियो ?
A) २०६३ बैशाख ८         B)२०६३ बैशाख ११
C) २०६३ जेठ ४             D) २०६३ माघ १

११.  नेपालको अन्तरिम संविधान, २०६३ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषद्को सदस्यमा निम्नमध्ये को पर्दैनन् ?
A) रक्षा मन्त्री                              B) गृह मन्त्री

C) कानून तथा न्याय मन्त्री             D) प्रधानमन्त्री

१२.  'कुम्भकर्ण' हिम श्रृंखला कुन जिल्लामा पर्दछ?
A) सोलुखुम्बु                  B) संखुवासभा
C) ताप्लेजुङ                   D) मुस्ताङ

१३.  नेपालको रारा ताल कुन हिमालको काखमा पर्दछ ?

A) सयपाल                    B) व्यास

C) सिस्ने                        D) जुगल

१४. लिच्छवीकालमा सेनाध्यक्षलाई के भनिन्थ्यो ?
A) दौवारीक                   B) गोत्भीक
C) प्रतिहार                     D) भटनायक

१५.  कोतपर्वको घटना हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
A) गगनसिंह                   B) फत्तेजंग शाह
C) अभिमानसिंह वस्नेत    D) माथवरसिंह थापा

१६. ध्वनिमापक यन्त्रको नाम के हो ?
A) टेलीस्टार                   B) अडियोमिटर
C) एमिटर                      D) ल्याक्टोमिटर

१७.  झिझिया नाच कुन जातिसंग सम्बन्धित छ ?
A)मगर                          B) सतार
C) राई                           D) थारु

१८. मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन कहिले कहाँ सम्पन्न भएको थियो ? A) सन् १९६८, कम्बोडियामा                   B) सन् १९६९, मलेशियामा

C) सन् १९६८, तेहरानमा                           D) सन् १९६९, सिंगापुरमा

१९.  क्षेत्रीय सुरक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ
A) प्रमुख, क्षेत्रीय प्रहरी कार्यालय
B) क्षेत्रीय प्रशासक
C) सशस्त्र प्रहरी कार्यालयको स्थानीय प्रमुख
D) राष्ट्रिय विभागको प्रमुख राष्ट्रिय अनुसन्धान विभागको स्थानीय प्रमुख

२०.  प्रहरी फोर्सबाट भाग्ने प्रहरी कर्मचारीलाई कति सजाय हुने व्यवस्था छ ?
A) दश वर्षसम्म कैद वा दुई वर्षको तलब बराबर सम्म वा दुबै सजाय
B) पाँच वर्षसम्म कैद वा दुई वर्षको तलब बराबर सम्म जरिवाना वा दुबै सजाय
C) पाँच वर्षसम्म कैद एक तलब बराबर सम्म वा दुबै सजाय
D) दुई वर्षसम्म कैद वा महिनाको तलब बराबर सम्म जरिवाना वा दुबै सजाय

२१. प्रत्येक जिल्लामा शान्ति, सुरक्षा सुव्यवस्थापन गर्ने काममा सहयोग पुन्याउन गठन हुने सुरक्षा समितिको सदस्य सचिव को हुने व्यवस्था छ ?

A) राष्ट्रिय विभागको जिल्लास्थित कार्यालयको प्रमुख

B) प्रमुख जिल्ला अधिकारी

C) प्रमुख, जिल्ला प्रहरी कार्यालय

D) सहायक प्रमुख जिल्ला अधिकारी

२२.  तिसौं ओलम्पिक खेलकूद-२०१२ कुन शहरमा सम्पन्न भएको थियो ?
A) वेइजिङ                                 B) लण्डन
C) रियो द जेनेरियो                       D) इस्तानबुल

२३. प्रथम विश्वयुद्धको प्रारम्भ कुन कुन राष्ट्र बीचको युद्धबाट शुरु भयो ?
A) इटली र सर्विया                       B) जर्मनी पोल्याण्ड
C) जर्मनी फ्रान्स                           D) अष्ट्रिया सर्विया

 

२४.  पाकिस्तानको बाह्रौं राष्ट्रपतिको नाम के हो ?
A) असिफ अलि जर्दारी                B) ममुन हुसेन
C) वेनजिर भुट्टो                           D) माथिको कुनै होइन

 

२५.  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा पर्दैन ?
A) अमेरिका                   B) जर्मनी
C) बेलायत                     D) चीन

 

::समाप्त::

Comments