Lok Sewa Aayog (Public Service Commission) Question Paper of Laws and Constitution

लोक सेवा आयोग

प्रहरी निरीक्षक (प्रशासन) पदको प्रतियोगितात्मक लिखित परीक्षा

२०७०/५/२१ गते

 

Nepal Police Inspector Exam

विषय:- नेपालको विद्यमान संविधान र ऐन कानून ।

समय:-३ घण्टा                                                                                                      पूर्णाङ्क:- १००

 

निम्न वमोजिमका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।

                                                                        खण्ड क                                                   अंक ५०

 

छोटो उत्तर (८ X ५= ४०)

१.      हातहतियार खरखजाना ऐन, २०१९ अन्तर्गत सजाय हुने अपराध सम्बन्धी मुद्दा मामिला हेरी शुरु कारवाही र किनारा गर्ने अधिकार कसलाई प्रदान गरिएको छ र त्यस्ता कारवाहीका आदेश वा फैसला उपर कुन निकायमा पुनरावेदन लाग्ने व्यवस्था गरिएको छ ? उल्लेख गर्नुहोस् ।

२.      प्रहरी ऐन, २०१२ वमोजिम बेवारिसी लासको सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ ? लेख्नुहोस्।

३.      नेपालमा ऐन निर्माण कसरी गरिन्छ ? उल्लेख गर्नुहोस् ।

४.      क्षेत्रीय सुरक्षा समितिको गठन बारेमा लेख्नुहोस् ।

५.      सरकारी विधेयक भन्नाले के बुझिन्छ ? अर्थ विधेयक भित्र समेटिने विषयहरु के के हुन् ?

६.      समाजमा हुने गुण्डागर्दिको कार्यलाई रोकथाम र नियन्त्रण गर्न के कस्तो कानूनी व्यवस्था गर्नु आवश्यक छ ? चर्चा गर्नुहोस् ।

७.      संविधान भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा हालसम्म जारी भएका संविधानहरुको नाम लेख्नुहोस् । (२+३)

८.      सरकारवादी फौजदारी मुद्दामा सरकारी वकील र प्रहरी बीचको सम्बन्ध र भूमिकालाई प्रभावकारी वनाउन प्रचलित कानूनमा के कस्तो सुधारको आवश्यकता छ ? चर्चा गर्नुहोस् ।

 

लामो उत्तर (१ x १० = १०)

९.      नेपालको अन्तरिम संविधान, २०६३ वमोजिम "मौलिक हक" को बारेमा चर्चा गर्नुहोस् ।

 

                                                                        खण्ड                                                    अंक ५०

 

छोटो उत्तर (८X५ = ४०)

१०.  सार्वजनिक पदका व्यक्तिहरुले प्रत्येक वर्ष आफ्नो सम्पत्ति विवरण सम्वन्धित निकायमा पेश गर्नुपर्ने कानूनी व्यवस्थाले पारेको प्रभावका विषयमा समीक्षा गर्नुहोस् ।

११. घरेलु हिसाको परिभाषा गर्दै घरेलु हिंसा गर्ने व्यक्तिलाई के कति सजांयको व्यवस्था छ ? उल्लेख गर्नुहोस् । (२.५+२.५)

१२. जुवा ऐन, २०२० ले जुवालाई प्रतिवन्ध लगाई तदनुकूल गरेको सजायको व्यवस्थाबारे समीक्षा गर्नुहोस् ।

१३. जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन. २०६८ को व्यवस्थाले समाजमा के कस्तो सुधार ल्याउन सफल भएको छ ? विवेचना गर्नुहोस् ।

१४. कारागार ऐन, २०१९ ले खुला कारागार र सामुदायिक सेवाको अवधारणालाई कसरी कानूनी रुप दिएको ? संक्षिप्त टिप्पणी गर्नुहोस् ।

१५. मुलुकी ऐन, २०२० वमोजिम जवर्जस्ती करणी गर्नेलाई के कस्तो सजाय हुने व्यवस्था छ ?

१६. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार के कस्ता कार्यलाई अनुचित कार्य मानेको छ उल्लेख गर्नुहोस् ।

१७. प्रचलित कानूनका आधारमा लागू औषध कसुर कस्तोलाई भनिन्छ ? स्पष्ट पार्नुहोस् ।

 

लामो उत्तर (१ x १० = १०)

१८. प्राकृतिक न्याय को अवधारणा स्पष्ट गर्दै प्राकृतिक न्यायका सिद्धान्तहरुको संक्षिप्त विवेचना गर्नुहोस् । (३+७)

 

::  समाप्त  ::

Comments