लोक सेवा आयोग
प्रहरी निरीक्षक
(प्रशासन) पदको प्रतियोगितात्मक लिखित परीक्षा
२०७०/५/२२ गते
विषय :- नेपाली रचना ।
समय:- १ घण्टा ३० मिनेट । पूर्णाङ्क:- ५०
१.
निम्न लिखित मध्ये कुनै एक शीर्षकमा निबन्ध लेख्नुहोस् । १०
क.
वैदेशिक रोजगारीको फाइदा र बेफाइदाहरु ।
ख.
नेपालमा गरिबी निवारण: चुनौती र सम्भावनाहरु ।
ग.
विश्वमा बढ्दो आतंकवाद र शान्ति स्थापनाको प्रयास ।
२.
देशमा बढ्दो सवारी दुर्घटनाका कारणबारे एक प्रतिवेदन तयार
गर्नुहोस् । १०
३.
“नेपालमा प्रतिभा पलायनको समस्या” भन्ने विषयमा टिप्पणी
लेख्नुहोस् । १०
४.
निम्न लिखित गद्यांश पढेर त्यसको अन्त्यमा सोधिएका
प्रश्नहरुको छोटो र स्पष्ट उत्तर दिनुहोस्:- २
नेपाल कृषिप्रधान देश भएपनि यहाँको कृषिप्रणाली पुरानो र परम।परागत ढाँचाको छ
। अधिकांश कृषकहरु आधुनिक र वैज्ञानिक कृषिप।रणालीसँग परिचित छैनन् । मौसमअनुसार
मकै, कोदो, धान, गहुँ जस्ता अन्नको मात्र खेती गर्न जान्ने कृषकहरु धेरै छन् ।
आजकल तरकारी खेतीतर्फ पनि आकर्षण बढेको छ, तर यो प्रयाप्त छैन । वैज्ञानिक ढंगले
हावापानी र माटो सुहाउँदो बाली लगाएर बढी उत्पादन प्राप्त गर्न अधिकांश कृषकहरुले
जानेका छैनन् । विशेषज्ञहरुको राय लिएर स्थानीय हावापानी र माटोको गुणस्तर अनुसार
बाली-विविधीकरण गरी कृषी-उत्पादनमा वृद्धि गर्नुका साथै किसानहरुको जीवनस्तर उकास्न
सकिन्छ । धान, मकै, गहुँ, कोदो आदि अन्नवाली मात्र होइन; ठाउँअनुसार उखु, चिया,
कफी,, अलैंची, अदुवा, सुर्ती, तरकारीहरु र विभिन्न जातका फलफूलहरुको खेती गरेर
पर्याप्त आयआर्जन गर्न सकिन्छ । धेरै किसिमका खेती, घाँसपात र पशुधनको विकास गरेर
होस् वा अन्य मत्स्यपालन, मौरीपालन जस्ता व्यवसायमा वृद्धि गरेर होस्, आय बढाउनको
लागि किसानहरुले कृषिमा वैज्ञानिक प्रविधिको उपयोग गर्न जान्ने हुन आवश्यक छ ।
जनसंख्या बढ्दै जाने र कृषियोग्य जमीनको क्षेत्रफल नबढ्ने अवस्थामा वैज्ञानिक
ढंगले खेती गर्ने पद्दतिको विकास हुन सक्यो भने थोरै क्षेत्रफलमा पनि धेरै किसिमका
कृषिजन्य वस्तुहरुको उत्पादन अपेक्षकृत बढी मात्रामा गर्न सकिन्छ । यो कुरा
किसानहरुलाई राम्ररी बुझाउन समय-समयमा तालिम दिएर दक्ष बनाउनु पर्छ ।
क.
हाम्रो कृषिप्रणालीलाई किन पुरानो र परम्परागत मानिन्छ ?
ख.
बाली-विविधीकरण गर्नु किन आवश्यक छ ?
५.
एकै वाक्यमा वाक्य संश्लेषण गर्नुहोस्:- २
ब्राह्ममुहूर्त थियो ।
चारैतिर शान्त वातावरण थियो । मेरो मन अत्यन्त प्रफुल्लित थियो । मैले भगवानको
ध्यान गरें । सौभाग्यवश भगवानको दर्शन पाएँ ।
६.
विग्रह भए समासमा र समासमा भए विग्रहमा परिणत गरी समासको प्रकारको
नाम समेत लेखनुहोस्:- २
साधुसन्त । रतन्धो ।
चराको जस्तो नङ्ग्रा भएको । भरदिन
७.
वाच्य परिवर्तन गर्नुहोस्: २
क)
भरतपुरवाट कहिले आइयो।
ख)
तपाईले मजारमा के के किन्नु भयो?
ग)
चोरहरु समातिए।
घ)
आज मजाले निदाइएछ।
८.
विशेषण भनेको के हो? यसका के कति प्रकार छन्? २
९.
तलको वाक्य शुद्ध गर्नुहोस्: २
समाजको
तलो तहदेखी जनसकुएता र शहभागीता बडाउने यस् पद्दतीले स्थानिय नेत्रीत्व, सीप र योतको विकासमा बुद्धि गर्दछन् ।
१०.
तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्: २
(क) जनमुखी प्रशासन
(ख) बजेट घाटा
(ग) मुद्रास्फीति
(घ) अपचलन
११.
तलका उखान टुक्कालाई वाक्यमा प्रयोग गर्नुहोस्: २
(क) अकबरी सुनलाई कसी लाउनु पर्दैन
(ख) आँखा तर्नु
(ग) दाल कहाँ पोखियो भातैमा
(घ) कान थाप्नु
१२.
निम्न लिखित अनुच्छेद पढी त्यसको संक्षेपीकरण गर्नुहोस: २
विज्ञान
मानव-जीवनको अभिन्न अङ्ग हो । तर्कसङ्गत र क्रमबद्ध रुपमा ज्ञान आर्जन गर्ने
प्रक्रियालाई वैज्ञानिक विधि भनिन्छ । वैज्ञानिक प्रक्रिया अपनाउँदा सर्वप्रथम
वस्तु र घटनाको सूक्ष्म अवलोकन गरिन्छ । केही तथ्यहरु बटुलिसकेपछि त्यसका आधारमा
यो किन र कसरी भयो होला भनेर अनुमान गरिन्छ र एउटा प्रारम्भिक निष्कर्षमा पुगिन्छ
। त्यसपछि यस प्रारम्भिक निष्कर्षका आधारमा ती वस्तु र घटनाका बारेमा अरु चप नयाँ
नयाँ अनुमानहरु गरिन्छन् । पछि गरिएका यी अनुमानहरुको पुष्टि पहिले जम्मा गरिएका
तथ्यहरुले मात्र गर्न सक्तैनन् । त्यसैले यी थप अनुमानहरु सही छन् कि छैनन् भनेर
परीक्षण गरिन्छ ।
१३.
तलका अनुच्छेद पढी ४ वटा बुँदाहरु टिप्नुहोस्: २
थप
सूचनाहरु बटुलेर प्रयोगशालाको नियन्त्रित वातावरणमा परीक्षणहरु गरिन्छन् ।
परीक्षणका क्रममा हुने थप अध्ययन र अवलोकनको आधारमा त्यसको नाप, विश्लेषण र मूल्याङ्ञन गरिन्छ । मूल्याङ्कन
वैज्ञानिक विधिको महत्वपूर्ण आधार हो । विश्लेषण र मूल्याङ्कनका आधारमा पहिले
गरेको अनुमान सही थियो कि थिएन भन्ने ज्ञान हन्छ । सही भएमा त्यसलाई अझै थप अध्ययन,
अवलोकन र परीक्षणबाट निखार्दै लगिन्छ, सही
नभएमा अरु अरु नयाँ अनुमान गरिन्छ र सोही क्रमअनुसार परीक्षण पनि गरिन्छ।
विज्ञानमा यस्ता प्रक्रियाहरु पटक-पटक दोहोरिइरहन्छन् ।
यसरी
वैज्ञानिक विधिमा अवलोकन, अनुमान,
परीक्षण, विश्लेषण, मूल्याङ्कन, पुनःपरीक्षण र नयाँ अनुमानहरु क्रमबद्ध रुपले आउँछन् । वास्तवमा हामी
हाम्रा जीवनका सबै घटनाहरुलाई यसरी नै हेर्ने प्रयास गर्दछौं ) यसरी हरेको खण्डमा
हाम्रा विचारहरु दरिला र विश्वसनीय हुन्छन् । वैज्ञानिकहरु पनि यस्तै गर्दछन् ।
उनीहरुका क्रियाकलाप हाम्रा दैनिक क्रियाकलापभन्दा बढ़ी व्यवस्थित हुन्छन् । लामो
परम्परावाट आर्जित ज्ञानको आधारमा उनीहरु अगाडि बढ्दै अझ धप ज्ञानको विकास गरिरहेका
हुन्छन् ।

Comments
Post a Comment