लोक सेवा आयोग
प्रहरी निरीक्षक
(प्रशासन) पदको प्रतियोगितात्मक लिखित परीक्षा
२०७०/५/२० गते
विषय:- सेवा
सम्बन्धी ।
समय:-३ घण्टा पूर्णाङ्क:- १००
निम्न वमोजिमका
प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
खण्ड
क अंक २०
छोटो उत्तर (४ X ५= २०)
१. के कस्तो अवस्थामा
विना वारेण्ट पकाउ गर्न सकिन्छ ? उल्लेख
गर्नुहोस् ।
२. नेपाल प्रहरीको
संगठनात्मक स्वरुप बारे टिप्पणी गर्नुहोस् ।
३.
खानतलासी
लिदा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।
४.
नेपाल
प्रहरी सेवाको ऐतिहासिक पृष्ठभूमि बारे प्रकाश पार्नुहोस् ।
खण्ड
ख अंक
५०
छोटो उत्तर (६ X ५= ३०)
५.
अपराध
अनुसन्धान कसरी गरिन्छ? चर्चा
गर्नुहोस्।
६.
सूचनाको
महत्वबारे प्रकाश पार्दै सूचना संकलन र प्रशोधन भन्नाले के बुझिन्छ सेख्नुहोस् । (२.५+२.५)
७.
राष्ट्रिय
सुरक्षा परिषदको गठन विधि उल्लेख गर्नुहोस् ।
८.
अपराधका
आवश्यक तत्वहरु के के हुन् ।
९.
सुरक्षा व्यवस्थाका लागि आवश्यक ठानिएको सुरक्षा
सूचना संकलन, विश्लेषण र प्रवाह
कार्यमा प्रभावकारिता ल्याउन सुरक्षा निकायबीच कस्तो समन्वय स्थापित गर्नु पर्दछ ?
१०.
केन्द्रीय
र जिल्ला सुरक्षा समितिको संरचना प्रस्तुत गर्नुहोस् ।
लामो उत्तर (२ X १०= २०)
११. सुशासन (Good Governance) को विशेषता के के हुन् ?
चर्चा गर्नुहोस् ।
१२.
सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ का विशेषताहरु के के हुन् ? लेख्नुहोस् ।
खण्ड
ग अंक
३०
छोटो उत्तर (६ X ५= ३०)
१३. “चेन अफ कमाण्ड” भन्नाले
प्रहरी संगठनभित्र के कस्तो विषयलाई बुझाउछ ? उदाहरणसहित स्पष्ट गर्नुहोस् ।
१४.
सामुदायिक
प्रहरी सेवाको संक्षिप्त परिभाषा दिदै नेपालमा सामुदायिक प्रहरी सेवा कार्यक्रम र कृयाकलापबारे
छोटो टिप्पणी लेख्नुहोस् ।
१५.
नेपाल
प्रहरीका सामु विद्यमान व्यवस्थापकीय चुनौतीहरु के के हुन सक्तछन् ? कनै ५ उल्लेख गर्नुहोस्
।
१६.
मानव अधिकारको विश्वव्यापी घोषणा पत्र के हो ? नेपालको अन्तरिम संविधान, २०६३ से यसलाई कसरी अंगीकार गरेको छ ?
१७.
विपद
व्यवस्थापन भन्नाले के बुझिन्छ ? यसमा
प्रहरीको भूमिकाको विवेचना गर्नुहोस् ।
१८.
संयुक्त
राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिताका सन्दर्भमा विश्व शान्ति स्थापनामा के
कस्तो योगदान पुगेको छ । तथ्य प्रस्तुत गर्नुहोस् ।
समाप्त

Comments
Post a Comment